काठमाडौं । शुक्रबार दिनभरजसो पानी परेको थियो । पानी परेका कारण मुलुकभरी चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ ।
काठमाडौं उपत्यकामाथिका डाँडातिर पनि उल्लेखनीय हिउँ परेको थियो । त्यस्तै शनिबार आज पनि मुलुकका केही भागमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै शनिबार (आज) प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसमविदहरुले बताएका छन् ।
त्यस्तैगरी अन्य प्रदेशमा आंशिक वदली रहने बताइएको छ । प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना बताइएको छ । त्यस्तै देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।