दाङ । दाङमा लागूऔषध कारोबारमा संलग्न हुने क्रम उल्लेख्य रुपमा बढेर गएको छ । प्रहरीको तथ्यांक अनुुसार जिल्लाका विभिन्न स्थानबाट लागूऔषधका कारोबारीहरु नियमित रुपमा पक्राउ पर्ने गरेका छन् । जसमा सबैभन्दा बढी तुलसीपुर क्षेत्रबाट पर्ने गरेका छन् ।
छिमेकी जिल्ला बाँके, सल्यान, रुकुम, रोल्पा, सुर्खेत, प्यूठान लगायत जिल्लासंग सिमाना जोडिएकाले लागूऔषध कारोबारको लागि तुलसीपुर ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
तुलसीपुरमा बर्षौदेखि हुदै आएको लागूऔषध कारोबारका घटनालाई नियन्त्रणमा लिन अनेकौ प्रयास गरिए पनि यो चुनौतिका रुपमा देखा पर्दै गएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल सो क्षेत्रबाट चालु आर्थिक वर्षमा हालसम्म ठूलो मात्रामा लागुु औषधसहित ५८ जनालाई पक्राउ गरिरहेको छ । बाँके जिल्ला हुदै विभिन्न ठाउँका लागि ओसारपसार हुने तुलसीपुरलाई कारोबारीले लागूऔषधको ‘हव’ बनाएकोले यसलाई नियन्त्रणमा लिन चुनौती भएको उहाँको भनाई छ ।