दाङ । न्याय क्षेत्रमा नागरिकहरुको सहज पहुँच पुरयाउने अभिप्रायका साथ दाङ देउखुरी जिल्ला अदालतले न्यायधिश समेतको उपस्थितिमा शुक्रवार गढवा गाउँपालिकामा नागरीक र अदालत बिच न्यायि संबाद सञ्चालन गरेको छ ।
जिल्ला अदालत दाङका न्यायधिश हिमलाल बेल्बासेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा संबाद कार्यक्रम भएको हो । यसैबिच दाङ देउखुरी जिल्ला अदालतका न्यायधिशहरु हिमलाल बेल्बासे, डिल्लीराज शर्मा,श्रेष्तेदार हिरण्ड्य प्रसाद भण्डारी, शाखा अधिकृत उर्मिला तिमिल्सेना,अधिकत राजेन्द्र कुमार शर्मा,श्रीधर सुवेदी लगायतको टिमल गढवा गाउँपालिकाले हालसम्म गरेका न्याय सम्पादनका अभिलेख र बिवाद निरुपणका प्रकृयाहरुका बारेमा अनुगमन निरिक्षण समेत गरि सल्लाह सुझाब प्रदान गरेको छ । अनुगमनको क्रममा गढवा गाउँपालिकाले न्याय सम्पादनको क्षेत्रमा गरेका कामहरुलाई प्रशंसागर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले न्याय सम्पादनका लागि समेत अनुरोध गरेको छ ।समाजसंग अदालतको सम्बन्ध बिस्तार गर्दै जनताका गुनासा तथा जिज्ञासालाई ग्रहण गर्न र न्याय क्षेत्रमा नागरिकहरुको सहज पहुँच बृद्धि गर्न जिल्लामै यसबर्ष पहिलो न्यायि संबाद कार्यक्रम गढवा गाउँपालिकामा आयोजना गरिएको जिल्ला न्यायधिश हिमलाल बेल्बासेले बताउनुभयो । कार्यक्रममा न्याय पालिका प्रतिको जनआस्था बढाउन र छिटो छरितो न्याय सम्पादन गर्न नेपाल सरकारले तिन तहका अदालत संगै स्थानीय तहमा न्यायिक समितिको अबधारण ल्याएर कार्यान्वयन गर्दै आएको जिल्ला अदालत दाङका अर्का न्यायधिश डिल्लीराज शर्माले बताउनुभयो ।
यस्तै कार्यक्रममा जिल्ला अदालत दाङका शाखा अधिकृत उर्मिला तिमिल्सेनाले जिल्ला अदालतका काम कार्यबाहीहरुका बारेमा कार्ययोजना र कानूनी अबधारणका बारेमा अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहका न्यायिक समितिका काम कर्तब्य र अधिकार,मुलुकी देवानी अपराध संहिताबारे जानकारी,वाल विवाह,बहुबिवाह र जर्बजस्ती करणीका कानूनी उपचारका कुराहरु,मुद्दा लेखन, दर्ता,म्याद तामेली,प्रतिउत्तर, बहस पैरबी र फैसलाका प्रकृया तथा चरणहरुका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गल्ती नगरे द्धन्द नहुने र समाजमा द्धन्द्ध नभए शान्ती हुने भएकोले शान्ती नै समृद्धिको आधार भएको बताउनुभयो । कानूनी राज्यमा कानूनको मर्यादालाई पालना गर्नु हरेक नागरिकको दायित्व भएको उहाँले बताउनुभयो । सो अबसरमा बोल्दै न्यायिक समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले संबिधान र स्थानीय सरकार संचालन ऐनले तोकेको परिधिभित्र रहेर न्यायिक समितिले सकेको काम गर्दै आएको र समय समयमा अदालतको सल्लाह सुझाबले बिवाद निरुपण तथा न्याय सम्पादनमा सहज भएको बताउनुभयो ।त्यस्तै कार्यक्रममा नागरिक समाजका गढवाका संयोजक शंकर पाण्डेय,न्यायिक समितिका सदस्य कमला नेपाली,महिला अधिकारकर्मि जया बिश्वकर्मा, राजनितिकर्मि महबुव अली मुसलमान र स्थानीय दयाराम यादव लगायतले आ–आफ्ना जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । जिल्ला अदालतका श्रेष्तेदार हिरण्ड्य प्रसाद भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अधिकृत राजेन्द्र कुमार शर्माले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय नागरिक समाज, सेवाग्रही,राजनितिक दलका प्रतिनिधी,जनप्रतिनिधी,पत्रकार, शुरक्षाकर्मि र संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।