
Tgp
Nsb
Rks
Ssb
Rsb
Ksb
Ssb
jsb
Fmb
Ppu
Csb
Gsb
Bsn
Usb
Ksb
Ksb

Hl1
Tsb
Usb
Ssb
Gsb

ptl
Rgu
Nps
काठमाडौं । नेपालको दाेस्राे अन्तर्राष्ट्रिय विमानस्थलकाे रुपमा संचालनमा आउन लागेकाे भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक जजीरा एयरवेज उडान भर्ने भएको छ।
जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आगामी १५ मे २०२२ देखि उडान सञ्चालन गर्ने साउदी अरब स्थित नेपाली राजदुतावासले जनाएको छ।
यसैगरी बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुन लागेकाे उक्त विमानस्थलमा पहिलो उड़ान १५ मे २०२२ मा र आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका समेत राजदुतावासले सार्वजनिक गरेको छ।
