काठमाडौं । पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध विषयमा सम्झौता भएको छ ।
सम्झौतामा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)मा आबद्ध भएका अनलाईन मिडिया तथा पत्रकार हरुलाई ॐ समाज हस्पिटलको केही सुबिधा बाहेक सबै सुबिधामा विस प्रतिशत छुट दिने सहमति भएको हो ।
यो बाहेक अन्य सुबिधामा समेत हस्पिटलले नोजाले सिफारिस गरेका पत्रकारहरुको कमजोर आर्थिक अवस्था भएकाको लागि नि:शुल्क उपचार गर्ने गरि र नोजाको सिफारिसमा हरेक उपचारमा २० प्रतिशत छुटको ब्यबस्था गर्न तयार रहेको हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरेले बताउनु भएको छ ।
सम्झौतामा ॐ समाज हस्पिटलले दिने बिज्ञापनमा नोजामा आवद्ध मिडियाहरुले पचास प्रतिशत छुट दिने ब्यबस्था गरिएको छ ।
नोजाका अध्यक्ष मुकुन्द ढुंगाना र हस्पिटलका अध्यक्ष डा.शुवास घिमिरेद्वारा हस्ताक्षर गरिएको सम्झौता पत्रले अनलाईन पत्रकारीता गरीरहेका पत्रकारहरुलाई ठूलो सहयोग पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले बताउनु भयो।
नोजाले हस्पिटलको सामाजिक कार्यक्रममा सहकार्य गर्ने र प्रचारप्रसार गर्ने भएपछि हस्पिटलको पनि जन संबन्ध बढ्ने बिश्वास गरिएको छ ।