शहबाज खाँन/कपिलवस्तु बुधबार, आषाढ ०१, २०७९

कपिलवस्तु । कपिलबस्तु जिल्लाको बुद्धभूमी नगरपालिकामा १ हजार ४ सय ७६ जना मोतिबिन्दुका बिरामीहरु आँखा अप्रेशनको पर्खाइमा रहेको तथ्यांक एक कार्यक्रमका बिच सार्वजनिक भएको छ ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले बुद्धभुमी नगरपालिकाको गोरेसिंगेमा आयोजना गरेको “आँखा स्वास्थ्य र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका” बिषयक छलफल कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभाति रेशमबहादुर खड्काको अध्यक्षता र बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपमेयर मीरा थारुको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले नगरपालिकाभित्र देखिएको अन्धोपनको समस्यालाई न्युनीकरण गर्न आँखा अस्पतालसँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै उहाँले सबै १० वटै वडाहरुले आफ्नो वडामा आँखा शिविरको आयोजना गर्न र आँखा स्वास्थ्यको लागि बजेटको बिनियोजन गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिनु भयो । प्रमुख अतिथी श्रेष्ठले आँखा अस्पतालसँगको साझेदारीमा बुद्धभुमी नगरपालिकाको प्राङगनमा हरेक शनिबार नि:शुल्क आँखा चेकजाँच भैरहेको र यसको निरन्तरताको लागि समेत नगरपालिकाले थप सहयोग गर्ने बताउनु भयो ।

विशिष्ट अतिथीको आसनबाट बोल्दै बुद्धभुमी नगरपालिकाका उपमेयर मीरा थारुले नगरपालिका भित्र रहेको १४ सय बढी मोतिबिन्दु रहेको तथ्य सार्वजनिक भैरहँदा यो बिषयले आफूलाई चिन्तित बनाएको बताउनु भयो । उहाँले यो संख्यालाई आगामी ३ वर्षभित्रमा अँखा अस्पतालसँग सहकार्य गरी न्युनीकरण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । छलफल कार्यक्रममा बुद्धभुमी नगरपालिका वडा नं. १ का अध्यक्ष तेजबहादुर बस्नेत र वडा नं. ३ का वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्यले आफ्नो वडामा रहेको अन्धोपनको समस्यालाई न्युनीकरण गर्नेमा आफूहरु कटिबद्ध रहेको बताउनु भयो ।नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासक शम्सेर थापाले नेपाल नेत्रज्योति संघ,दातृ निकाय ल्ब्द्यए, लुम्बिनी प्रदेशमा रहेको दृष्टिविहिनताको व्यापकता,नेपाल नेत्रज्योति संघ अन्तर्गत रहेका आँखा उपचार सेवाका तहहरु, नेपालको संविधानको मौलिक हक अन्तर्गत स्वास्थ्य सम्बन्धि हकको बिषय र राष्टि?य स्वास्थ्य नीति २०७६ ले नीतिगत रुपमा गरेका व्यवस्थाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

त्यसैगरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले आँखा स्वास्थ्य शिक्षाको बारेमा सहभागीहरुलाई भएको थियो । सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका सल्लाहकार उमाकान्त पन्तले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बुद्धभुमी नगरपालिकाका मेयर,उपमेयर,वडा अध्यक्ष,सदस्यहरु समेत गरी ७५ जना सहभागी रहेको कार्यक्रममा लमही आँखा अस्पतालका लजिष्टिक म्यानेजमेन्ट अफिसर मीना थापा मगर,प्रशासकीय सहायक कमल चौधरी,लेखापाल जेनिशा थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]