महेन्द्र सिंह/बाँके आइतबार, साउन ०१, २०७९

बाँके । सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् । वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।

उनका अनुसार पक्की नभएका कारण उक्त नहर पटक–पटक बन्द हुँदै आएको थियो । किसानको मागअनुसार सिक्टा सिँचाइ आयोजनामा पहल गरेपछि आयोजना कार्यालयले पुरानो नहरमा पानी छाडिदिएको हो । उक्त नहरको पानीले वडा नं ६ र ७ किसानले खेती गर्न सक्नेछन् ।

आयोजनाले अगैयास्थित मुख्य बाँधबाट राप्तीसोनारीको बैजापुर, बिनौना, फत्तेपुर हुँदै नरैनापुर गाउँपालिकासम्म राप्ती नदीको पानी पुर्‍याउने लक्ष्यका साथ नहर निर्माणकार्य गरिरहेको छ । यसअघि फत्तेपुरका स्थानीयवासीले पटक–पटक पुरानो नहरको इन्टेकमा कच्ची बाँध बनाएर राप्ती नदीको पानी सञ्चालन गर्न खोजे पनि नियमितरूपमा पानी सञ्चालन हुनसकेको थिएन ।

सिक्टा सिँचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा सात क्युमेक्स पानी छाडेको छ । नहरमा पानी बगेपछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानले चार क्युमेक्स पानी पाएको आयोजनाका निर्देशक सन्तोष कैनीले जानकारी दिए ।

उनका अनुसार पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ । यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो । वर्षा नभएका कारण रोपेको धान सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]