Sidha Patra मंगलबार, साउन ०३, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् ।

नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी छाडेको बताएका छन् ।

राप्रपाभित्र आन्तरिक प्रजातन्त्र नरहेको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको भन्दै उनीहरुले अपमानित भएर पार्टीमा बस्न नसक्ने बताएका छन् ।

पार्टीबाहिर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई राप्रपाको मूलधारमा समेट्न आफूहरुले प्रयास गरेको तर पार्टी नेतत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले लाञ्छना लगाउने र अपराधी करार गर्न खोजेको उनीहरुले बताएका छन् । राप्रपाले पार्टी हित विपरीत गतिविधि जारी राखेको, अनधिकृत वार्ता समिति बनाएको लगायतका आरोप लगाएर नेताहरु गिरी, तिमल्सिना, राजभण्डारी र राजाराम श्रेष्ठलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]