Sidha Patra बुधबार, साउन ११, २०७९

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेको स‍ंख्या ९ हजार ६ सय ३३ रहेको बोर्डले जनाएको छ ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नौ सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नौ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

यता,दाङमा माध्यमिक शिक्षा परिक्षा एसईईमा १३ हजार बढी विद्यार्थी सहभागी भएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार नियमित साधारण धारतर्फ १२ हजार ७ सय ८ जना, प्राविधिक धारको नियमित समूहतर्फ ३ सय ५० जना र ग्रेड वृद्धि तर्फ ९३ जना गरी कुल १३ हजार १ सय ५१ जना विद्यार्थी यस पटकको एसईईमा सहभागी भएका थिए ।

समन्वय इकाई प्रमुख मित्रप्रसाद गौतमले नियमित तर्फ ६ हजार २० जना छात्र र ६ हजार ६ सय ८८ जना छात्रा परीक्षामा सामेल भएको जानकारी दिएका छन् । जिल्ला भरका कुुल २ सय २५ विद्यालयमध्ये संस्थागत विद्यालयका ४ हजार ६ सय ९० मध्ये २ हजार १ सय ८२ छात्र र २ हजार ५ सय ८ छात्रा रहेका छन् ।

यस्तै,सामुदायिक विद्यालयका ८ हजार १८ विद्यार्थी मध्ये ४ हजार ५ सय ६ छात्र र ३ हजार ५ सय १२ छात्रा परीक्षामा सामेल भएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]