Sidha Patra बिहिबार, साउन २६, २०७९

दाङ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै नेपाल संस्कृत विश्वविद्यालयमा गरेको तालाबन्दी खुलेको छ। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाइएको ताला तीन महिनापछि बुधवार खुलेको हो।

साउन २२ गते आइतबार उच्च अदालत तुलसीपुरले विश्वविद्यालयमा लागेको ताला खोल्न अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधबार ताला खोलेको हो। अदालतको आदेशको सम्मान गर्दै उपकुलपति कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहतमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखाको कार्यालयको ताला खोलिएको नेविसंघले जनाएको छ।

विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले दायर गरेको रिटमाथि फैसला सुनाउँदै उच्च अदालतले आन्दोलनरत विद्यार्थी संगठनलाई ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै अनेरास्ववियुले पनि विश्वविद्यालयको शिक्षा आयोगको शाखा लगाएको ताला मंगलबार खोलेको छ । त्यसअघि नेविसंघले शिक्षा आयोगमा ताला लगाएको थियो ।

त्यस्तै ताला खोलिएसँगै विश्वविद्यालयको रोकिएको सम्पूर्ण गतिविधि सुरु भएको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए। आन्दोलनरत नेविसंघले १४ बुँदे माग राख्दै वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएको थियो।

विश्वविद्यालयमा दीक्षन्त तीन महिनाभित्र हुनुपर्ने, विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रवृत्ति दुई सय प्रतिशतसम्म वृद्धि गर्नुपर्ने, आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]