Sidha Patra शुक्रबार, साउन २७, २०७९

दाङ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा ६४ औँ श्रृङखलामा नियमित द्वैमासिक छन्द संगम कार्यक्रम सम्पन्न भएको छ ।

परिषदका जिल्ला अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्य तथा परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा आज एक कार्यक्रम गरी छन्द संगम सम्पन्न गरिएको हो ।

छन्द संगममा कविहरुद्वारा छन्दोवद्ध कविताहरु वाचन गरिएको थियो । वरिष्ठ कवि एवम् साहित्यकारहरुले देश, काल, परिवेश तथा समाजका बिम्बलाई आधार बनाएर रचना गर्नुभएका कविता वाचन गर्नुभएको थियो । कविहरु हरिप्रसाद पौडेल स्वर्णशिखा, धनसिंह गिरी, यम रेग्मी, बिना रोका, अर्जुन शर, डा. हिमलाल पन्थी, खगराज न्यौपाने, कमलमणि देवकोटा, पुरुषोत्तम खनाल, गणेश विषम्, डा. कृष्णराज डिसीलगायतले आफुले रचना गर्नुभएका छन्दोवद्ध कविता गेयात्मक शैलीमा वाचन गर्नुभएको थियो । वाचित कविताहरुको वरिष्ठ साहित्यकार एवम् समालोचक डा. कृष्णराज डिसीले समिक्षा गर्नुभएको थियो ।

परिषदकी उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो । राप्ती साहित्य परिषदले नियमित रुपमा कला, साहित्य र संस्कृतिको संरक्षणका लागि रचनात्मक काम गर्दै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]