दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिकामा तदर्थ समिती शनिबार गठन गरिएको छ ।
जिल्ला सभापती ओपेन्द्र दाहालको अध्यक्षता एवम् देबराज पाठकको प्रमुख आतिथ्यतामा शनिबार लालमटियामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
तदर्थ समितिको सभापतिमा द्रोणबहादुर जिसी,उपसभापतिमा शुभास भुसाल र सचिवमा बसन्ता कुमाललाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा नबाब खान,ऋषिराम शर्मा,विष्णु गिरि,ओम बहादुर कार्की,नेत्र बहादुर खड्का,प्रमानन्द पाेख्रेल, रामकृष्ण चाैधरी,वीर बहादुर दमाई सर्वसहमतीले चयन भएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबराज पाठकले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको कुरा जानकारी गराउनुका साथै देशभरी ब्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ-आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको बताए ।
यस्तै कार्यक्रममा देउखुरी क्षेत्रका सक्रिय युवाहरूकाे सहभागीता रहेकाे थियाे । साथै कार्यक्रमको सहजीकण जिल्ला सचिब किसन ओलीले गरेका थिए ।