रुपन्देही । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी १४ वर्षपछि पुनः नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बि.स २०५१ सालमा एमालेमा प्रवेश गरेर १४ वर्ष एमालेमा काम गरेर मधेसवादी पार्टीमा प्रबेश गरेका थिए । यो बीचमा तमलोपा,राजपा,जसपा, नयाँशक्ति,नेपाल समाजवादी पार्टीलगायतमा उनी प्रवेश गरेर १४ वर्षपछि पुनःएमालेमा फर्केको कपिलवस्तुका एमाले नेता टेकराज पौडेलले बताए ।
त्यस्तै उनलाई सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् । केही दिनअघि बुटवलमा नेता प्रदीप ज्ञवालीसँग बसेर उनी प्रवेश गर्ने कुरा टुंगो लागेको थियो ।