टेकबहादुर पुन बुधबार, भाद्र ०८, २०७९

दाङ । दाङको भालुबाङ नगरबिकाश समितीले आजभन्दा १० बर्ष अगाडी जग्गा बिकास कार्यक्रमको अबधारणा ल्यायो ।

कार्यक्रम अनुसार स्थानियको नमिलेको जग्गा मिलाउने र खानेपानी, बिजुली बिस्तार, नहर, बाटो लगायतका बिकाशका कार्यक्रम गर्ने लक्ष्य थियो । सम्पुर्ण योजनाहरु समाप्त भएपछि ४० र ६० प्रतिसत अनुसार जग्गाधनीको भागमा पर्ने जमिन फिर्ता गर्नुपर्ने सहमती भयो ।

सोही अनुरुप नगरबिकाशको जग्गा बिकाश कार्यक्रमलाई स्थानियले स्वागत गरे । सबै स्थानियको गरि ९८ कित्ता रहेको जग्गा प्लटिङ गर्ने र आबस्यक संरचना निर्माण गरी ६ महिना भित्रमा ६० प्रतिसत जग्गाधनीलाई फिर्ता गर्ने र ४० प्रतिसत नगरबिकाश समितिले आफ्नो स्वामित्वमा लिने गरि सम्झौता पनि भयो ।

भालुबाङ-प्युठान सडकखण्डको पुर्बपट्टी किनारमा रहेका जग्गाका जग्गाधनीहरुले लालपुर्जा सजिलै नगरबिकाश समितीलाई सुम्पिए । स्थानियका लागि त्यो निर्णय आज निल्नु न ओकल्नु भएको छ । एकातर्फ जग्गा नबनेको चिन्ता त छँदै छ । जग्गा नै फिर्ता नपाउने होकि भन्ने पिरलोले सताउन थालेको छ । ६ महिनामा फिर्ता पाउने आशमा रहेका जग्गाधनीका सपना १० बर्षसम्म पनि पूरा हुन सकेको छैन ।

१० बर्ष भईसक्दा पनि आफुहरुले जग्गा फिर्ता नपाएको जग्गाधनी प्रकाश बस्नेतले गुणासो गरे । बिकाश बिरोधी भईएला भनेर सबैको सहमतीमा जग्गा दिईयो, अहिले न जग्गा बन्यो नत फिर्ता पाईयो बस्नेतले चिन्ता ब्यक्त गरे । बिकाश योजना अन्तरगत जग्गा बनाउने र फिर्ता पाउने सर्तमा दिईएको जग्गा खाईदिने पो हुन कि बस्नेतले चिन्ता ब्यक्त गरे । ‘बारम्बार अनुरोध गर्छौ, १० बर्ष बित्यो बस्नेतले भने- न काम गर्छन न जग्गा दिन्छन ।’ उनको ८ कठ्ठा जग्गा नगर बिकाश सँग छ ।

उनी जस्तै जग्गा बन्ने आशमा मँगल बज्राचार्यले पनि आफ्नो जग्गाको पुर्जा सुम्पिए । उनिहरु जस्ता ४१ जना स्थानियको करिब ३ बिगाह क्षेत्रफल रहेको जग्गा नगर बिकाश समिती सँग छ । त्यो जग्गा न स्थानियले भोगचलन गर्न पाएका छन नत बिक्रिबितरण नै । नगरबिकाशको अधिग्रहणमा गईसकेपछि ती जग्गा रोक्का भएका कारण जग्गाबाट पाउनुपर्ने सेवा सुबिधाबाट बञ्चित बनेका छन स्थानिय । जग्गा त धेरै छ तर नदिको बगरमा छ भने जस्तै भएको छ त्यस क्षेत्रका स्थानियलाई ।

लुम्बिनी प्रदेशको राजधानी जस्तो क्षेत्रका स्थानियले आफ्नै जग्गाको आयस्ता लिन पाएका छैनन । अहिले लालपुर्जा आफ्नै हातमा भएको भए बैँकबाट ऋण खाएर पनि कुनै ब्यबसाय गरेर जिविको पार्जन गर्न सकिन्थ्यो पिडित मँगल बज्राचार्यले भने । ‘छोराछोरी ठुला भए गालि गर्छन, कस्तो दिमाग भन्छन बज्राचार्यले भने-पहिले नै भुल गरियो, अब कि काम गरोस कि जग्गा फिर्ता दिओस ।’ हनुमानगढी जग्गा बिकाश कार्यक्रम भनेर नाम दिईएको योजनाको प्रत्यक बर्ष स्टिमेट बन्छ तर काम भने हुँदैन ।

यता नगरबिकास समितीका सहायक लेखापाल शिशिर कुमार जिसीले जनशक्ती र बजेटको अभाबले काम गर्न नसकिएको तर्क गर्छन । यही दशै आसपासमा ६० प्रतिसत काम गर्ने लक्ष्य रहेको उनको भनाई छ । अहिले स्थानिय तहको निर्बाचन पश्चात् नगरबिकास समितीको नेतृत्वमा नया अनुहार छ । राप्ती गाउँपालिका अन्तरगत पर्ने भालुबाङ नगरबिकास समितीको नेतृत्वमा गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट छन । उनको नेतृत्वमा जग्गा बिकाश कार्यक्रम कार्यान्वयन हुने र काम सम्पन्न हुने बिश्वास गरिएको छ ।

भालुबाङ नगरबिकाश समितीमा माबुल महमद अध्यक्ष हुँदा जग्गा बिकाश कार्यक्रमको अबधारणा लिईएको हो । उनी पश्चात् ओमप्रकाश बुढाथोकिले २ पटक कार्यकाल चलाए । र त्यस लगत्तै २०७४ को स्थानिय तहको चुनाब पश्चात् नुमानन्द सुबेदीले नगर बिकास समिती पनि हाँक्ने मौका पाए । तर कुनै अध्यक्षले जग्गा बिकाश कार्यक्रमलाई कार्यान्वयन गर्न सकेनन् । अहिले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट नेतृत्वमा छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]