टेकबहादुर पुन बिहिबार, भाद्र १६, २०७९

दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र न: १ देउखुरीले आगामी प्रतिनिधि सभाको चुनाबका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

बिहिवार क्षेत्रिय सभापती भेषराज पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकले ४ जनाको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाको चुनाबका लागि प्रत्यक्ष तर्फ ४ र समानुपातिक तर्फ ७ जनाको नाम सिफारिसमा परेको हो ।

प्रत्यक्षतर्फ कृष्ण किशोर घिमिरे,योगेन्द्र चौधरी, प्रदिप थापा र अनुराग खड्काको नाम सिफारिस भएको क्षेत्रिय प्रबक्ता अजय न्यौपानेले जानकारी दिए । सिफारिसमा परेका घिमिरे नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन । उनी पार्टीभित्र एक अब्बल नेताका रुपमा परिचित छन । लामो समयदेखी काँग्रेसको सक्रिय राजनितीमा रहेका उनी रामपुरबासी हुन । त्यस्तै अर्का सिफारिसमा परेका चौधरीपनि काँग्रेसको केन्द्रीय सदस्य हुन । काँग्रेसको राजनितीमा सक्रिय रहेका उनी पुर्ब सांसद समेत हुन । उनी गढवाको गोबर्डिहाबासी हुन ।

त्यस्तै अर्का प्रदिप थापापनि काँग्रेसको राजनितीमा कम त छैनन् । बिगत धेरै बर्ष पहिले देखि काँग्रेसको राजनितीमा सक्रिय रहेकाले उनको नामपनि सिफारिसमा परेको हो । उनी गढवाबासी हुन । उनी जस्तै सिफारिसमा परेका अनुराग खड्का भरखरै काँग्रेसको राजनितीमा सक्रिय हुँदै गरेका युवा नेता हुन । उनी स्वर्गीय नेता खुम बहादुर खड्काका छोरा हुन । बिदेशको पढाइ सकेर खड्का नेपालको राजनितीमा उदाउँदै छन । यिनै अनुहार मध्यबाट एकजना प्रतिनिधि सभाको उम्मेद्वार हुनेछन ।

त्यस्तै प्रत्यक्षतर्फ शुसिला चौधरी,आत्माराम भट्टराई, खड्क बहादुर सुनार,द्रोण भुषाल,गोबिन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिसमा परेको छ । यी अनुहारपनि काँग्रेसको राजनितीमा अब्बल नै मानिन्छन । यी मध्य शुसिला चौधरी पुर्ब सँबिधान सभा सदस्य समेत हुन ।

यो भन्दा अघि प्रदेश सदस्य चुनाबका लागि नेता हरुको नाम सिफारिस भईसकेको छ । उनिहरुको नाम आजकै बैठकले राय सुझाब सहित जिल्लामा पठाईएको प्रबक्ता अजय न्यौपानेले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]