सुरज भट्टराई /रुपन्देही आइतबार, भाद्र १९, २०७९

रुपन्देही । नेपाल बाल संगठनले बाल दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरेर बाल दिवस मनाउने तयारी गरेको छ । नेपाल बाल संगठनले यही भदौ २६ गते विद्यालय स्तरका विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको संगठनका अध्यक्ष साजन भण्डारीले जानकारी दिनु भयो ।

संगठनले बाल दिवसका अवसरमा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको बिचमा वक्तृत्वकला प्रतियोगिता, कक्षा ८-१० सम्मका विद्यार्थीहरूको बिचमा वादविवाद प्रतियोगिता र विद्यालय स्तरीय एकल लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘विभिन्न विद्यालयहरूमा सहभागिताका लागि पत्राचार गरिएको सभापति भण्डारीले बताउनु भयो ।

विद्यालयहरूले आफ्नो विद्यालयको लेटर हेडमा विद्यार्थीको नाम सिफारिस गर्नुपर्ने समेत जानकारी दिनु भयो। विजेतालाई प्रमाण पत्र र ट्रफी प्रदान गरिनेछ । सहभागी प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.१० हजार,दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार सहित प्रमाणपत्र र ट्रफी समेत प्रदान गरिने संगठनका सचिव कल्पना पांडे मगरले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]