Sidha Patra आइतबार, भाद्र १९, २०७९

कपिलवस्तु । जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको शुक्रबार चन्द्रौटामा सम्पन्न भेलाले सो निणर्य गरेको हो ।

जसपाले प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, सत्तीस चन्द्र गुप्ता, प्रमिला चौधरी एवं मिनहज आलम खाँलाई सिफारिस गरेको छ भने प्रदेशसभा ३ (ख) का लागि शिवपुजन यादव,आरती सिंह यादव,अस्लम खान एवं अब्दुल नबाब साहको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि रामचरन प्रसाद यादव,तजरुम मेहताब खाँ,सन्तराम तेली,रेखा श्रीवास्तव एवं अब्दुल रहिम खानलाई सिफारिस गरेको छ ।

समानुपातिक तर्फ नै प्रदेश सभाका लागि पुनम चौधरी,प्रभु यादव,खुर्सीद आलम खाँ,राम किसुन यादव,जगमोहन बरई, साहिदा खातून,चिन्कनी थारुको नाम सिफारिस गरेको छ । बैठकले आगामी असोज २ गते निर्वाचन क्षेत्रस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निणर्य गरेको क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]