आलोक भावुक/गढवा सोमबार, भाद्र २०, २०७९

दाङ । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १६ औं राष्ट्रिय दिवसको अवसरमा गढवामा कार्यक्रम सम्पन्न भएको छ। “तिनै तहको सरकार,मानव बेचबिखन विरुद्धको सरोकार” भन्ने मुलनाराका साथ गढवा गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताउनु भयो। मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्नेमा कुरामा जोड दिनु भयो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चोधरीले मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट सचेतनामुलक कार्यक्रम गर्दै न्यूनीकरण गर्नुपर्ने बताउनु भयो।

कार्यक्रममा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी,कार्यपालिका समितिका सदस्यहरुमा भण्डारी,मान बहादुर नेपाली,सुर्य बहादुर नेपाली, चन्द्रा केसी त्यसैगरी न्यायिक समितिका देवीलाल थारु कुमाल,रेखा कुमारी थापा,वडा नम्बर छ का वडा सदस्य शान्ति पुनर्स्थापना गृह दाङ जिल्ला कार्यक्रम संयोजक कैलासो राना,देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका प्रतिनिधि नारायण पण्डित स्वान संस्थाकी सोनी कुमारी कुमाल,अवधि संस्कृति तथा संरक्षण प्रतिष्ठानका पटवारी यादव, भरत कुमार पन्त लगायतको उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]