Sidha Patra आइतबार, भाद्र २६, २०७९

दाङ । लोप हुँदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई लाई बचाउन आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष बिर बहादुर आले मगरले बताए।

आइतबार गढवा – ६ को कुमालटोलमा माटोको भाँडा पोल्ने आधुनिक भट्टा उद्घाटन गर्दै वडाध्यक्ष आलेले यस्तो बताउनु भएको हो । कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्षको सभापतित्व तथा वडा नम्बर – ६का अध्यक्ष बिर बहादुर आले मगर प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष आलेले पहिलेको भट्टीलाई सुधारेर आधुनिकीकरण गर्दै उत्पादनमा बढावा दिन आवश्यक रहेको बताउनुभयो।त्यस्तै अधुनिकिकरणले समय र स्रोत साधनको कम उपयोग हुने कम समयमा धेरै माटाका भाँडा निर्माण गर्न सहयोग पुग्ने भन्दै आगामी दिनमा यस्लाई अझ व्यवस्थित बनाउन वडाले सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गर्नु भयो । पहिले भन्दा धेरै अधुनिकिकरण भएको तर पनि अझै अपुग रहेको भन्दै पुर्ण आधुनिकीकरण गर्न वडाले बिशेष पहल गर्ने र चाहिने सहयोग गर्ने बताउनु भयो । माटो भाँडा निर्माणमा देखिएको मुख्य समस्या दाउरा र माटोको भएको भन्दै त्यसलाई सहज गर्न वडाले पुर्ण सहयोग गर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्ष चौधरीले प्लास्टिक सामानको प्रयोगले माटोको भाँडा प्रयोगमा कमि आएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएकोले यसलाई बचाउन आवश्यक रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्न अनुरोध गर्नु भयो । दुध दही र अन्य खानेकुरा माटोको प्रयोगले स्वास्थ्यको लागी राम्रो भएको भन्दै यसको प्रचार प्रसार का लागी सबैलाई अनुरोध समेत गर्नु भयो ।यस्तै माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो,दाउरा,पराल लगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको कोषाध्यक्ष चौधरीले बताउनुभयो। स्वच्छ व्यवसायी समूह नेपालको सहयोगमा ९० दिने माटोको भाँडा डा बनाउने तालिम सम्पन्न भएको जानकारी गराउदै यसबाट माटोको भाँडाको मजबुती र सुन्दरतामा बृद्धि भएको जानकारी दिनुभयो। भाँडा बनाउने पेशाबाट नै कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रुपमा माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको थियो । पछिल्ला समयमा माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको कुमाल माटोको भाँडा बनाउने समूहकी सदस्य सविता चौधरीले बताउनुभयो।कार्यक्रममा वडा नम्बर – ६की वडासदस्य मानु कुमाल, सब वन डिभिजनका कार्यालय गढवाका प्रतिनिधि नविन पुन, स्वानका दाङ संयोजक रेमन्त चौधरी लगायतकाले बोल्नु भएको थियो । सबिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वच्छ व्यवसायी संघ उद्धम बिकास सहजकर्ता राजेन्द्र चौधरीले गर्नु भएको थियो

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]