सागर थापा मंगलबार, भाद्र २८, २०७९

दाङ । जिल्ला ट्राफिक प्रहरीको नियमित चेक जाँचको क्रममा दाङको घोराही लमही सडकखण्ड कोइरैपानीमा हुइँकिँदै गरेको स्कर्पियोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले रोक्यो ।

सवारी चालक अनुमति पत्रलगायत कागजपत्र देखाए । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारको नजर भने गाडीमा प्रयोग गरिएको कालो सिसामा पुग्यो ।त्यस्तै कालो स्टिकर टाँसेर गाडीको सिसा कालो बनाइएको पाइएपछि ट्राफिक प्रमुख परियारले झिकेर फाल्न निर्देशन दिए । उनले अबदेखि कालो सिसा प्रयोग नगर्न चालकलाई सम्झाए बुझाई एक पटकलाई छाडियो अर्को पटकबाट गाडीमा कालो स्टिकर टाँसेको पाएकामा जरिवाना गर्ने सर्तमा छोडिएको थियो ।

निजी सवारी साधनमा कालो सिसा प्रयोगको यो एउटा उदाहरण मात्र हो । अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी, सरकारी तथा भाडाका सवारी साधनले पनि लगाएर दुरुपयोग गर्ने क्रम बढेको छ । साना चारपांग्रेमा नियम उल्लंघन गरी कालो सिसा लगाउने क्रम बढेको निष्कर्ष ट्राफिक प्रहरीले निकालेको छ । नियमविपरीत कालो सिसा लगाउने सवारी साधनमाथि कडाइ गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख परियारले बताए ।सवारी साधनमा लगाइएका कालो सिसा हटाउन र त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन निर्देशन दिएका छन् । ‘कतिपयले सिसामा कालो स्टिकर लगाउने गरेका छन्’ ट्राफिक प्रमुख परियारले भने,‘कतिपय उत्पादक कम्पनीले नै आफ्ना गाडीमा कालो सिसा राखेर पठाउने गरेको पनि पाइयो ।’ उनका अनुसार सेतो सिसा भएकामा पनि स्टिकर टाँसेर कालो बनाउने गरिएको छ ।

उनका अनुसार कालो सिसा लगाउने सवारी साधनलाई दाङ प्रहरीको सहयोगमा ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पारिएको छ । ट्राफिकले दाङ जिल्लामा स्टिकर निकाल्ने र कालो सिसा हटाउने अभियानलाई तीव्र पारेको छ । धेरैजसोले नियम थाहा नभएको र घाम छल्नका लागि कालो सिसा लगाएको बताउने गरेको उनले सुनाए । ‘कालो सिसा लगाइएका सवारी साधनभित्र बाहिरबाट केही पनि देखिँदैन’, उनले भने । कालो सिसा लगाइएका गाडीभित्र आपराधिक गतिविधि र अनेकौं धन्दा पनि हुने गरेको घटनाक्रमले देखाइसकेको प्रहरीले जनाएको छ ।

यस्तै कालो सिसा लगाउँदा बाहिरबाट केही पनि नदेखिने भएकाले भित्र अवैध सामान ओसारपसार, अपहरण, बलात्कार हुन सक्ने तथा अपराधमा संलग्नलाई भाग्न सहज हुने भएकाले कालो सिसा प्रयोगमा कडाइ गर्ने काम भइरहेको बताए । सर्वोच्च अदालतले २०६४ सालमा गाडीमा कालो सिसा प्रयोगमा रोक लगाउन आदेश दिएको थियो । दाङमा कालो सिसा लगाएर कुदाइएका २१ वटा निजी सवारी साधनलाई दाङ ट्राफिकले कारबाही गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]