Sidha Patra मंगलबार, भाद्र २८, २०७९

कपिलवस्तु । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नु भएकाे छ ।

पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि आफ्नाे पहुँच र सहकार्यले बिकासका विभिन्न याेजनाहरु सम्पन्न गराएकाे सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे । सांसद शाह भन्नुहुन्छ – माओवादी द्वन्द्वकालपछि ०६४ र ०७० काे संविधान सभा निर्वाचनमा राज्य संविधान बनाउन केन्द्रित रहेकाेले बिकास निर्माणमा पर्याप्त बजेट खर्च गर्न सकिएकाे थिएन । २०७४ सालकाे प्रतिनिधि सभा निर्वाचन भएपछि केपी ओली नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे पुर्ण बहुमतकाे सरकार बन्याे । कम्युनिस्ट सरकारले आफ्नाे कार्यकर्ता पाल्ने र देशलाई ऋणकाे भारि बाेकाउने काम मात्र गर्याे । निरङ्कुश बन्दै गएकाे ओली सरकारले संविधानलाई च्यालेन्ज दिदै दुई दुई पटक संसद विघटन समेत गर्याे । जसकाे प्रत्यक्ष असर देशकाे आर्थिक अवस्थामा पर्याे र बिकास निर्माणका अधिकांश याेजना शिथिल बन्दै गए ।

त्यस्तै सर्वाेच्च अदालतले संसद पुनर्गठन गरेपछि कांग्रेस नेतृत्वमा बनेकाे सरकारले डेढ बर्षमा छिमेकी राष्ट्रसंगकाे सम्बन्ध सुधार लगायत विदेशी लगानी पनि भित्र्याउन सफल भयाे । कांग्रेस नेतृत्वकाे सरकारमा कपिलवस्तु क्षेत्र ३ मा लगभग सय कराेडभन्दा बढीका याेजना संचालनमा छन ।
निर्वाचित भएपछि आफ्नाे क्षेत्रकाे विद्यालयमा शिक्षा र स्वास्थ क्षेत्रमा सुधार , बाटाे घाटाे र पुलपुलेसाे निर्माण , काेराेनाका बेला आवश्यक राहत लगायत यस क्षेत्रका नागरिककाे जनजिवन उकास्न आवश्यक रहेकाे नेपाल-भारत बन्द सिमा समेत खुलाएकाे सांसद शाहले बताउनुभयाे ।

यस्तै काेराेनाका बेला केपी ओलीकाे सरकारले विभिन्न बहाना बनाई सिमामा कडाई गराएर नेपाली जनतालाई सास्ती गराएकाे कुरा कसैले विर्से छैन्न । लकडाउनका बेला हाम्रै क्षेत्रका माैसमी नेताहरु घरकाे दुलाेमा बसेका थिए त काेहि काठमाडौंमा आफ्नाे व्यवसाय चम्काउदै थिए तर शाह परिवार जहिलेपनि जनताकाे सुखदुखमा साथ उभिएको सांसद शाहकाे भनाई छ । सांसद शाह दुई पटक संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएका थिए भने हाल नेपाली कांग्रेसबाट क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य हुन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]