ओमप्रकाश गुप्ता मंगलबार, भाद्र २८, २०७९

दाङ । दाङको राप्ती गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार नाटक प्रदर्शन गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ जंगफूडले स्वास्थ्यमा पुर्‍याउने असर विषयक नाटक प्रदर्शन गरेको छ ।

राप्ती गाउँपालिका भित्रका १० वटा स्कुलले भाग लिएको प्रतियोगितामा सिरिन भ्याली पब्लिक स्कुल माैरीघाट प्रथम,शंकर मावि पिपरी द्वितीय,गोल्डेन प्युचर बोर्डिङ स्कुल बिजाैरी तृतीय र मावि माैरीघाटले सान्त्वना स्थान प्राप्त गरेका छन् । नाटकको मुल्यांकनमा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी र शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत बासुदेव खनाल रहेका थिए ।

जंगफुडले बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै राप्ती गाउँपालिकाले विद्यालय क्षेत्रमा जंगफूड बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । त्यही संदेश प्रवाह गर्न नाटक प्रदर्शन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कल्पना खनालले जानकारी दिएकी छिन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरी (अनुप) को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । दिवसका अवसरमा भोली भदाै २९ गते विशेष समारोहको आयोजना गरि दिवस मनाउन लागेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]