Sidha Patra बुधबार, भाद्र २९, २०७९

दाङ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लमही शाखाद्वारा विद्यार्थीहरुमा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

देउखुरीको आदर्श नमूना उच्च माध्यमिक विद्यालय देउपुर कक्षा १२ मा अध्यनरत व्यवस्थापन सकायका १०२ जना विद्यार्थीसंग बिमा जागरण कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।कम्पनीका राप्ती एरिया प्रमुख दिपेन्द्र रावतले सम्पूर्ण कार्यक्रमहरु करिब डेढ घण्टाको समय भित्र प्रशिक्षण एवं सहजीकरण गर्नु भएको थियो । त्यस्तै उक्त कार्यक्रमको व्यवस्थापन सो संस्थाको लमही शाखाका एजेन्सी म्यानेजर श्याम चौधरी र उर्मिला शहनीले गर्नु भएको थियो ।

कार्यक्रममा सो विद्यालयका ३ जना छात्रा र ४ जना छात्रले कार्यक्रमबाट बिमाको बारेमा धेरै जानकारी भएको बोल्नु भएको थियो । यस्तै शिक्षकहरुले बिमा सम्बन्धि पाठ्यक्रममा समेत रहेकोले विद्यार्थीहरुलाई पढाईमा अझै सहज हुने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन सो संस्थाका लमही शाखा प्रमुख कृष्ण कुमार चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]