Sidha Patra मंगलबार, आश्विन ०४, २०७९

काठमाडौं । नेपाल टेलिकमले इम्बेडेड सिम अर्थात (इ–सिम) आजदेखि नि:शुल्क वितरण सुरू गरेको छ । ई सिममा ग्राहकहरूको रुचि र माग बढेपछि टेलिकमले आजदेखि नक्साल,चाबहिल,ठिमी, भक्तपुर,पाटन,गोङ्गबु र छाउनी कार्यालयबाट समेत इ–सिम वितरण गर्ने जनाएको छ । यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो ।

त्यस्तै टेलिकमले आफूसँग यथेष्ट सङ्ख्यामा इ–सिमको मौज्दात रहेको पनि जनाएको छ । इ सिममा अहिले हामीले प्रयोग गरिरहेको जस्तो भौतीक सिमकार्ड हुदैन । मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ । आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने वा नचल्ने एकिन गरेर मात्र इ–सिमका लागि आवेदन दिन टेलिकमले आग्रह गरेको छ । ई सिम चल्ने या नचल्ने भनेर पत्ता लगाउन आफ्नो मोबाइलबाट ८३०६३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

यसरी डायल गर्दा इआइडी लेखिएको सङ्केत सहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्ने टेलिकमले जनाएको छ । भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि टेलिकमले निःशुल्क इ–सिममा परिवर्तन गर्ने सुविधा दिइरहेको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइ रहेको र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]