Menus

शिबराज पन्थी/गढवा बुधबार, आश्विन ०५, २०७९

दाङ । सिपी नेपालले देउखुरीका गढवा,राजपुर र राप्ती गाउँपालिकामा शैक्षिक शसक्तिकरण कार्यक्रममा झण्डै पाँच करोडको बजेट लगानी गर्ने भएको छ । क्रेयटिङ पोसिबिलीटिज (सिपी) नेपाल ले बुधवार गढवा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि बार्षिक कार्यक्रम तथा बजेटको सार्वजनिक गरेको हो । गढवा गाउँपालिकासंग आयोजना गरिएको समन्वयात्मक गोष्ठिमा बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।बिगत २०६४सालदेखि सिपी नेपालले अनाथ,टुहुरा, बेसाहार,मुक्त कम्लहरी,अतिबिपन्न र सिमान्तकृत वर्गका बिद्यार्थीहरुलाई शिसु कक्षा देखि १२ कक्षा तथा प्राबिधिक लाईनको पठनपाठनका लागि बिभिन्न कार्यक्रम मार्फत लगानी गर्दै आएको कार्यक्रममा जानकारी गराइएको हो । देउखुरीका गढवा,राजपुर र राप्ती गाउँपालिकाका कुल ३२२ जना बिद्यार्थीहरुलाई शिसु कक्षा देखि उच्च शिक्षा र प्राबिधिक लाईन तर्फ समेत संस्थाले लगानी गर्दै आएको महिला कार्यक्रम संयोजक सरिता चौधरीले जानकारी दिनुभयो । अर्कोतर्फ आमा समूह मार्फत महिला शसक्तिकरण,किसोर किशोरी प्रजनन स्वास्थ्य,सिकलसेल एलीमियाको उपचार,बिपन्न बिद्यार्थी र महिलाहरुलाई साइकिल वितरण,खेलकुद कार्यक्रम,वाल स्वास्थ्य शिविर लगायतका थुप्रै कार्यक्रमहरु संचालन गरिदै आएकोमा ति सबैजसो कार्यक्रमहरुलाई यस बर्षपनि निरन्तरता दिने सिपी नेपालले जानकारी गराएको छ ।चालु आर्थिक बर्ष २०७९÷०८० का लागि आइ.एस. भिजी. तर्फ ३० लाख २० हजार एचआइपी कार्यक्रम तर्फ ६० लाख ३६ हजार ७ सय ८२,डच सपोर्ट कार्यक्रमतर्फ २७ लाख १३ हजार ८ सय ८४, स्योरकल कार्यक्रम तर्फ २२ लाख ६६ हजार, स्वास्थ्य कार्यक्रम तर्फ १३ लाख १३ हजार ५ सय र शिक्षाद्वारा बिद्यार्थीहरु शसक्तिकरण कार्यक्रम (भ्त्भ् कगउउयचत उचयनचबmmभ) तर्फ ३ करोड २२ लाख ७० हजार गरि यसबर्षको कुल बजेट ४ करोड ७६ लाख २० हजार १ सय ६६ रहेको उक्त कार्यक्रममा सरिता चौधरीले जानकारी गराउनुभएको हो ।गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सिपी नेपालले गतबर्ष सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी तथा मन छुने खालका भएको भन्दै आगामी समयमा पनि स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि काम गर्न प्रशासकीय अधिकृत चौधरीले आग्रह गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । सिपी नेपालका महिला कार्यक्रमा संयोजक सरिता चौधरीको स्वागत मन्तब्य र प्रस्तुतिकरणबाट सुरु भएको कार्यक्रमको सहजीकरण हेमराज शर्माले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close