दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ठुलो मात्रामा चरेस सहित दुई जना महिला र २ पुरुषलाई पक्राउ गरि बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
प्रहरीले गढवा १ कालाकाटे स्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका वडा नम्बर १० जगदीश पुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी वीर बहादुर ओलीले जानकारी दिनुभयो ।
एसपी वलीका अनुसार लागुऔषध ओसारपसारमा प्रयोग गरेका लु.६८ प. १६६६ र लु. ५५ प . ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको दाङ प्रहरीले जनाएको छ । अर्को फेरि दाङ प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
त्यस्तै चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको दाङ प्रहरी प्रमुख एसपी वलीले बताएका छन् ।