Sidha Patra बिहिबार, आश्विन ०६, २०७९

दाङ । राजपुर गाउँपालिकाको विभिन्न स्थानमा पक्की पुल निर्माण गर्न बुधबार सहरी विकास मन्त्रालय र राजपुर गाउँपालिकाले सम्भाव्यताका लागि वाक ओभर सर्वे गरेको छ ।तत्काल राजपुर गाउँपालिका भित्र वर्षातको समय वर्षौंदेखि नागरिकले झेल्दै आईरहेको समस्यालाई मध्यनजरगरि आवागमनमा कठिनाइ हुने प्रमुख ६ स्थानमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,सहरी विकास मन्त्रालयका इन्जिनियर नारायण अधिकारी,सोही मन्त्रालय अन्तरगत कन्सल्टेन्टका सर्भेयर सन्दीप चौधरी,सहरी विकास मन्त्री मेटमणी चौधरीका स्वकीय सचिव गौरव महरा लगायतले स्थलगत सर्वे गर्नु भएको हो ।जसमा राजपुर गाउँपालिका वडा नम्बर १ को गुरुङ खोला भयर थान अहेर गौरी,भल्लोछेरा घाट,वडा नम्बर २ बेला जनज्योति माध्यमिक विद्यालयको पश्चिम् बुके खोला,वडा नम्बर २ को तपडापुरदेखि वडा वडा नम्बर १ ताउले जाने माररी तथा रसरी खोला,वडा नम्बर ४ को दुलैयादेखि मुङ्ग्रेठा खोला, वडा नम्बर ५ जंग्रहवादेखि वडा नम्बर ६ खाङ्ग्रा नाका जानेबाटोमा पर्ने महतेनिया र कोरिया खोला गरि ६ स्थानमा तत्काल सर्वे भएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिनु भयो ।

त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ को विभिन्न स्थानमा अर्कोपटक राप्ती नदी लगायत अन्य खहरे खोलाहरुमा यसैगरी पक्की पुलको लागि सर्वे गर्ने सो सर्वे टिमले बताएको छ । यस्तै उक्त सर्वे कार्यमा वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट,वडा नम्बर १ का पुर्ब वडा सदस्य गोमा अधिकारी,गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुलसीराम बुढा,समाजसेवी गोपाल ओली,गोटबहादुर चौधरी, सुबास पुन लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]