Sidha Patra बिहिबार, आश्विन ०६, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी तथा गैरसरकारी संघ-संस्थाले अबदेखि प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने भएको छ ।

राजपुर गाउँपालिकाको यहीँ असोज महिनाको २ गते आइतबारको दिन गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

अबदेखि सम्बन्धित निकायका कर्मचारीले प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्र अनिवार्य रुपमा सरसफाइ गरेको फोटो सहित गाउँपालिकाको ईमेल र म्यासेन्जरद्वारा पठाएर जानकारी गराउनु पर्ने गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले जानकारी दिनु भयो । त्यस्तै भोलि शुक्रबारदेखि राजपुरका सरकरी तथा गैरसरकारी संघ- संस्थाका सम्पूर्ण कर्मचारीलाई सरसफाइ अभियानमा जुट्न र  गाउँपालिकाको निर्णयलाई कार्यनयन गर्न गाउँपालिका अध्यक्ष बुढाथोकीले आग्रह गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]