टेकबहादुर पुन शनिबार, आश्विन ०८, २०७९

दाङ । दाङ जिल्लाको बिकट पालिका मध्य एक प्रमुख हो राजपुर गाउँपालिका ।

भारतसँग प्रत्यक्ष जोडिएको राजपुर गाउँपालिकाका बस्तिहरुमा समस्याका चाङ गनि नसक्नु छन । दुर्गम बस्तीका समस्याले स्थानियबासीको आशाहरु नपलाउँदै बिलाउँछन । त्यहाँका बासिन्दालाई सुगम क्षेत्रमा बस्न मन नभएको त होईन । तर आर्थिक अबस्थाले पिल्सियका स्थानियका सपनाहरु बिलिन भईदिन्छन । त्यस क्षेत्रको प्रमुख समस्या मध्यका एक समस्या हो शिक्षा आर्जन पनि । सुगम क्षेत्रमा जस्तो प्रत्यक वडामा विद्यालय छैनन् त्यहाँ । सञ्चार,बिद्युत, बाटोघाटो,खानेपानी लगायतका समस्या त छँदैछ । डाडाँकाडाँ हिलाम्य बाटाहरु छिचोल्दै टाढाका विद्यालयमा पढन् जानुपर्ने बाध्यतापनि कम त होईन ।जसले गर्दापनी त्यहाँका विद्यार्थीहरु शिक्षा आर्जनमा पछि परिरहेको अबस्था छ । शिक्षाले समृद्दी निम्त्याउँछ भन्ने थाहा त छ । तरपनि याबत समस्याका चाङले गर्दा शिक्षा तर्फको उत्सुक्ता कम देखिन्छ । प्रत्यक विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस भन्दै राजपुर गाउँपालिकाले शिक्षा आर्जनलाई प्रमुखमा राखेर काम बढाएको छ । पछिल्लो समय पालिकाले शिक्षा क्षेत्रमा प्रमुख लगानी गरिरहेको छ ।अबका प्रत्यक पिढिलाई शिक्षित बनाउँदै दुर्गम बस्तीहरुको मुहार फेर्न तत्पर छ राजपुर गाउँपालिका । पालिकाले गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने समस्यालाई अन्त्य गर्दै ‘नि:शुल्क शिक्षा’ लागू गरिसकेको छ । छात्राहरुको महिनावारी समस्यालाई हल गर्न पालिकाले प्रत्यक विद्यालयहरुमा नि:शुल्क प्याड र मेसिन हरुपनि उपलब्ध गराई सकेको छ । यति मात्र होईन,विद्यार्थीलाई किताब बोक्ने ब्यागपनि बितरण गरेको छ ।

>>प्रत्यक विद्यार्थीलाई स्कुल ब्याग!!

विद्यार्थीको पढाइ प्रती रुचि अभिबृद्दी गर्न नाकाका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । छायाँ नेपालको सहयोग र राजपुर गाउँपालिकाको आयोजनामा स्कुल ब्याग बितरण गरिएको हो ।

राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्थित शिबशक्ती माध्यमिक विद्यालयमा अध्ययनरत २ सय ३७ जना विद्यार्थीलाई ब्याग सहयोग गरिएको छायाँ नेपालकि सहायक कार्यकारी प्रमुख प्रियङ्का खातुनले बताईन ।विकट बस्तीको अबस्था दयनिय छ । आर्थिक स्थिती कमजोरीले ब्याग समेत खरिद गर्न मुस्किल पर्छ । जसले गर्दा विद्यार्थीको पढाईप्रतीको रुचि खस्किदो छ । आर्थिक अबस्था कमजोरीकै कारण विद्यार्थीहरु पढाईबाट बञ्चित हुन नपरोस भन्दै प्रत्यक विद्यार्थीलाई ब्याग बितरण गरिएको राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देबी यादबले बताईन । ‘सबैले पढ्न पाउने अधिकार छ, गर्नुपर्ने धेरै बाँकि छ उपाध्यक्ष यादबले भनिन-लगनसिल भएर अध्ययन गर्नुस,शिक्षाबाट कोही बञ्चित हुन पर्नेछैन ।’बितरण गरिएको ब्यागले विद्यार्थीको पढाईप्रती थप हौसला मिलेको शिबशक्ती माबी भौवानाकामा अध्ययनरत विद्यार्थी सुरक्षा झाँक्री मगरले बताईन । हातमा किताब कापी बोकेर हिँड्दा निकै सास्ती हुने सुरक्षा बताउछिन । अब त्यो समस्या भने हटेको छ । कहिले किताब कापी च्यातिने कहिले हराउने डर हुन्थ्यो । ब्याग किन्न नसक्नु गरिबीको एउटा बिडम्बना हो । यिनै याबत कारणले पनि आफ्नो धेरै साथीहरुले पढाइ छाडेको सुरक्षाले सम्झिईन । ‘अभाबले पढाइ प्रतीको रुचि घट्नु स्वभाबिक हो, पालिकाको यस्तो कार्यले हौसला मिलेको छ सुरक्षाले भनिन्-पालिकालाई धन्य छ ।’ आर्थिक अबस्थाले पिल्सिएर बिचमै पढाइ छोड्नुपर्ने बाध्यता नौलो त हैन । तर यिनै समस्यालाई निर्मुल पार्न पालिका लागि परेको छ ।

पछिल्लो समय विद्यार्थीको हौसलासँगै उत्कृष्ट नतिजा र विद्यालय प्रशासनलाई पनि उल्लेख्य सहयोग मिलेको शिबशक्ती मावि भौवानाकाका प्रधानाध्यापक लिलाधर बिकले बताए । पालिकाको साथ र समर्थन पाईराखे विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने कुरामा दुईमत नरहेको बताए । राजपुर गाउँपालिका,नेबि संघका पुर्ब केन्द्रीय उपाध्यक्ष पवन यादब,नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश ख का सचिब लालबिर खड्काको पहल र छायाँ नेपालको सहयोगमा विद्यार्थीको पढाईलाई थप सहजता प्रदान गर्न ब्याग बितरण गरिएको हो ।

छायाँ नेपाल नामक सँस्थाले देशैभर २४ वटा विद्यालय भवन, १० वटा स्वास्थ्यचौकि भवन निर्माण गरिसकेको छायाँ नेपालका कार्यकारी ब्यबस्थापन अधिकृत अमित थापाले जानकारी दिए । साथै छायाँ नेपालले महिला शसक्तिकरण,शिक्षा,युवा बालबालिका लगायतका क्षेत्रमा काम गर्दै आईरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]