आलोक भाबुक/गढवा शनिबार, आश्विन ०८, २०७९

दाङ । गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ।

सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले आउदै गरेको वडा दशै, तिहार र छठ पर्वको पावन अवसरमा सबैमा सुभकामना आदानप्रदान गरेको छ ।

साथै बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जनाएको छ । सम्पन्न बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सबै सहकारी संघ संस्थाहरुलाई समयमा अडिटिङ गर्न, साधारण सभा सम्पन्न गर्न, कर्मचारी सहितको मासिक बैठक बस्न, पौष मसान्त सम्म कोपोमिस प्रबिष्ट गरी सम्पन्न गर्न, विनियम संशोधन र कार्यबिधि साधारणसभा बाट पारित गराउन र सम्पति सुद्धिकरण गर्न निर्देशन गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनु भयो। साथै कृषकहरुलाई समयमा मलखाद उपलब्ध गराउन सहजताका लागि गढवा गाउँपालिका सँग समन्वय गर्ने, सबै सहकारिलाई समेटेर गढवा गाउँपालिका संग दशै लगत्तै बृहत् अन्तरक्रिया आयोजना गर्ने लगाएतका निर्णयहरु भएको अध्यक्ष गहतराजले जानकारी दिनु भयो ।

त्यस्तै बैठकमा सञ्जालकी उपाध्यक्ष कमला आचार्य,सचिव कैलाश चौधरी,सह-सचिव रेखा थापा,कोषाध्यक्ष अशोक केसी र सदस्यहरूमा पट्वारी यादव,देव किशोर चौधरी,हुमाकान्त सुबेदी, दामोदर ढुङगाना,रिना चौधरी, कमल कुमारी कुमाल, शिवराज पन्थी,नारायण भुषाल,सल्लाहकार समितिका संयोजक हेमराज अधिकारी सदस्यहरु सकुन्तला डिसी,राम प्रकाश यादव,तुला बहादुर सिंह ठकुरी त्यसैगरी लेखा समितिका संयोजक ओम प्रकाश थारु कुमाल को उपस्थिति रहेको थियो। त्यसैगरी कानुनी सल्लाहकार उमाकन्त पन्त र प्रेस सल्लाहकार उमानाथ यादव लगाएतकाको उपस्थिति रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]