टेकबहादुर पुन सोमबार, आश्विन १०, २०७९

दाङ । देउखुरीको लमही नगरपालिकाले ब्यबसायलाई बैधानिक्ता दिन नगर अन्तरगतका ब्यबसायहरुको दर्ता तथा नबिकरणलाई तिब्र पारेको छ ।

लमही नगरपालिकाले ब्यबसायीहरुको सहजतालाई मध्यनजर गर्दै आईतबारदेखी दर्ता तथा नबिकरणको शिविर सञ्चालन गरेको हो । प्रत्यक वडाहरुमा क्रमबद्ध तरिकाले शिविर सञ्चालन गरिने लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

देउखुरी उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सको सहकार्यमा दर्ता तथा नबिकरणको प्रक्रिया थालनी गरिएको हो । आफ्नो ब्यबसायको सुरक्षा र हकहितका निम्तीपनि ब्यबसाय अनिबार्य दर्ता तथा नबिकरण गरिनुपर्ने अधिकृत श्रेष्ठले बताए । लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा शिबिरको उद्घाटन गर्दै श्रेष्ठले घरघरमा सिँह दरबारको अनुभूति दिलाउन तथा ब्यबसायीको ब्यस्ततालाई मध्यनजर गरी वडा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिए ।

त्यस्तै ब्यबसायीबाट संकलित राजस्वले सरकार सञ्चालनमा प्रमुख भुमिका निर्बाह गर्ने भएकाले अनिबार्य ब्यबसाय दर्ता तथा निवकरण गर्न सम्पुर्ण ब्यबसायी लाई अनुरोध गरे । बिभिन्न क्षेत्रबाट सँकलन भएका राजस्वहरु बाटै समृद्धीको ढोका खुल्ने र गाउँ टोल र देशको बिकाश सम्भब हुने भएकाले बैधानिक भएर ब्यबसाय गर्नुपर्ने धारणा ब्यक्त गरे ।

असोज मसान्त भित्रमा ब्ययसाय दर्ता तथा नबिकरण गरेमा लाग्ने शुल्कमा १० प्रतिसत छुट हुने नगरपालिकाले जनाएको छ । लमही नगरपालिका राजस्व शाखा प्रमुख लक्ष्मी सुबेदीले प्रत्यक वडामा आयोजना हुने शिविर मार्फत फाईदा उठाउँदै आफ्नो ब्यबसायलाई बैधानिक्ता दिन सम्पुर्ण ब्यबसायीलाई दर्ता तथा नबिकरण गर्न अनुरोध गरिन ।

आईतबारदेखी शुरु भएको शिविर क्रमबद्ध तरिकाले यही असोज ११ गते वडा नम्बर ५, ६ र ७, १२ गते वडा नम्बर ५, ४ र ६, १३ गते वडा नम्बर २, ३ र ४, १४ गते वडा नम्बर १, २ र ३ मा सञ्चालन हुने लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडीले जानकारी दिए । वडा नम्बर ८ र ९ बाट शिबिरको थालनी गरिएको हो । कार्यापालिका सदस्य पार्बती बिकको अध्यक्षता तथा लमही नगरपालिकाका प्रशासकिय अधिकृत देबेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा शिबिरको उद्घाटन गरिएको हो । प्रशासन प्रमुख महेश थापा ठेडीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख लक्ष्मी सुबेदीले गरेकि हुन ।

त्यस्तै शिबिरमा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज चौधरी, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशबराज पोखरेल, लमही चेम्बर अफ कमर्सका महासचिब केशबराज अधिकारी, वडा कर्मचारी,पत्रकार लगायतको उपस्थिती थियो । शिबिर सञ्चालन अघि वडा नम्बर ९ र ८ अन्तरगतका बजार तथा टोलहरुमा ‘तपाईको दर्ता छ?’ प्रश्न सहित परिक्रमा गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]