प्युठान । केहिदिन यता लगातार परेको वर्षातका कारण प्युठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन् ।
माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा घर भित्र रहेका ६ जना बेपत्ता भएका हुन। बेपत्ता हुनेहरुमा ६० वर्षीय बोम बहादुर राहुँ र उनकी ५५ वर्षिया श्रीमती सहित २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान राहुँ, ६० वर्षीय हीराबहादुर थापा र १८ वर्षीया मौसमी थापामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए।
त्यस्तै पहिरोले घर पुरिएको खबर पाउना साथ जिल्लाबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको छ । उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भईरहेको प्रहरी निरीक्षक थापाले बताए। प्रहरीका अनुसार माण्डवी-१ स्थित अरङ खोलाले बगाउँदा ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएका छन्। यसअघि दशैंको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार अझै फेला परेका छैनन्।