तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, आश्विन २३, २०७९

दाङ । तीन दिनदेखि लगातार परेको वर्षातका कारण तराई क्षेत्र डुबानमा परेको छ भने पहाडमा पहिरोले विपत्ति निम्ताएकाे छ।

राप्ती गाउँपालिका वडा नम्बर ५ काे पहाडी गाउँ पुनखाेला, तल्लो करङ्गे लाेसे, घाेग्ले आँप लगायतकाे गाउँमा पहिराे जादा तिन घर, गाेठ बगाउनुकाे साथै केहि पशुचाैपायहरु समेत पुरिएको छ । पहिरोले ११ घरमा बस्नै नमिल्ने गरी क्षति पुर्याएकाे छ भने १३ घरपरिवार पहिरोकाे उच्च जाेखिममा रहेकाे करङ्गे टाेल विकास संस्थाका अध्यक्ष गिर बहादुर थापा मगरले जानकारी दिनु भयो ।शुक्रबार बिहान करिब ८ बजेको समयमा घर माथि बाट आएकाे पहिराेले घर गाेठ बगाउँदा पुनखाेला निवासी गिर बहादुर सुनारको ३ ओटा गाेरु, १ ओटा गाई, ४ ओटा बाेका बाख्राहरु बगाउनुकाे साथै घर भित्र रहेको सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाडँकुडा, कागजपत्र बगाएको वडा नम्बर ५ का वडा सदस्य भुपलाल थापा मगरले जानकारी दिनु भएको छ ।पहिरोले तल्लो करङ्गे निवासी खेतुलाल थापा मगरको घर पनि बगाएको स्थानीय शान्तराज बुढा मगरले जानकारी दिनु भयो । यस्तै उपल्लो पुनखाेला धन बहादुर घर्ती मगर र यम बहादुर घर्ती मगरको घर पनि पहिराले पुरिएकाे पीडित यम बहादुर घर्ती मगरले बताउनु भएको छ। पहिराेका कारण ददिराज थापा मगर, यम बहादुर गाहा मगर, लाेक बहादुर थापा मगर लगायतको ११ घर बस्नै नमिल्ने गरि क्षति पुगेको छ ।

त्यस्तै टंकेश्वर थापा मगर, तकमान घर्ति मगर, मधु थापा मगर, ताेष बहादुर थापा मगर लगायतको १३ घर परिवार पहिराेकाे उच्च जाेखिममा रहेकाे बताईएकाे छ । पहिरो पीडिततहरु यतिबेला आफन्तकाेमा आश्रय लिएर बसेका छन भने अहिलेसम्म पनि कुनै निकाय वा संस्थाले राहात नदिएको गुनासाे गरेका छन् । यस्तै वडा नं.- ५ कै थकरीकाेटमा पनि लगातारको वर्षातका कारण केहि घरमा सामान्य क्षति पुग्नुका साथै प्रा.वि. थकरीकाेटकाे तारबारमा समेत क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तराम सारु मगरले जानकारी दिनु भएको छ।यसैगरी उता जनता आधारभूत विद्यालयकाे पर्खालमा पनि पहिराेका कारण सामान्य क्षति पुगेको शिक्षक तकमान घर्ती मगरले जानकारी दिनु भएको छ । पहिराले ठाउँ, ठाउँमा विद्युतकाे पाेल ढलेका कारण साे क्षेत्रमा विद्युत आपुर्ति पूर्ण रुपमा बन्द हुनुका साथै ग्रामिण माेटर बाटो समेत बन्द भएको छ। त्यस्तै पहाडी क्षेत्र वडा नं.९ काे विभिन्न ठाउँमा पनि पहिराेले क्षति पुर्‍याएकाे बताईएकाे छ। विकट क्षेत्रमा माेबाईल नेटवर्कमा समस्या भएका कारण सुचना प्राप्त हुन समय लागेकाे हाे । एकिन विवरण आउन अझै बाँकी नै छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]