Sidha Patra शुक्रबार, आश्विन २८, २०७९

दाङ । समस्याग्रस्त घोषणा भएको सुपर लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिने भएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले मागेको स्पष्टीकरण नबुझाएकाले लघुवित्तलाई केन्द्रीय बैंकले नियन्त्रणमा लिने भएको हो ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक सुमन कुमार अधिकारीका अनुसार लघुवित्तलाई केही समयका लागि राष्ट्र बैंकले नियन्त्रणमा लिएर व्यवस्थापन गर्ने कार्य गर्छ । लघुवित्त सुपरिवेक्षण विभागले सुपर लघुवित्तलाई ३५ दिन भित्र स्पष्टीकरण पेश गर्नका लागि भदौ २२ गते सूचना प्रकाशित गरेर जानकारी गराएको थियो । ३५ दिनमो म्याद मंगलबार सकिएको छ ।

त्यस्तै स्पष्टीकरणको समय सकिएको र अहिले लघुवित्तका कायममुकायम प्रमुख कार्यकारी अधिकृत वुद्धिराम चौधरीले राष्ट्र बैंकका कर्मचारीहरुले गरेको फोन समेत उठाउन छाडेको बताइएको छ । ‘३५ दिनको म्याद सकिएको छ, यो लघुवित्तलाई राष्ट्र बैंकल नियन्त्रणमा लिन्छ, अहिले गर्भनर देश बाहिर रहेकाले यो सम्बन्धी निर्णय गभर्नर आएपछि हुन्छ,’ अधिकारीले भने ।

यस्तै राष्ट्र बैंकको बोर्डले निर्णय गर्नु पर्ने भएकाले केही ढीलाई हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले नियन्त्रणमा लिए पछि सो संस्थाका सञ्चालकहरु पदमा बस्न नमिल्ने भएकाले यो लघुवित्तलाई अर्कोसँग मर्ज गर्ने वा कसैलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने विषय पछि मात्रै जानकारी हुने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]