Sidha Patra शनिबार, आश्विन २९, २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सहकारीहरुलाई बचतमात्रै सीमित नभई उत्पादनशील कार्यमा लाग्नुपर्ने बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा कार्यक्षेत्र रहेको दुधरास बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख खड्काले सहकारीले नेपालमा पछिल्लो समयमा आर्थिक संकटसंग जुध्नका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले सहकारीले गरिबी घटाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि आर्थिक समितिका संयोजक एवम वडा नम्बर १८का वडाध्यक्ष माधव वलीले सहकारीहरुले अब उत्पादनका क्षेत्र स्वास्थ्य,कृषि क्षेत्रममा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सहकारी संस्था सदस्य वीरेन्द्र खड्काले कार्य क्षेत्र बढाएर लैजाने बताउनुभएको थियो । सहकारी संस्थाका अध्यक्ष केशव रिजालको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । सहकारी संस्थामा तीन सय एक सदस्य रहेका छन् । सहकारीले पाँच करोड बढी आर्थिक कारोवार गरेको छ । संस्थाका उपाध्यक्ष धनबहादुर बस्नेतको स्वागत मन्तबाट सुरु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष वीरेन्द्र अवस्थीले आर्थिक प्रतिवेदन र सचिव प्रमोद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]