Sidha Patra सोमबार, आश्विन ३१, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठ सय रकम सहित प्युठानका सुशील पक्राउ परेका छन् ।

कृष्णनगर नगरपालिका वडा नम्बर २ गणेशपुर चोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगर बाट चन्द्रौटा जादै गरेका लु १ ख २३१७ नम्बरको बसलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बस चेकजाच गर्दा प्युठान जिल्लाको साबिक धरमावती गाविस ७ हाल प्युठान नगरपालिका वडा नम्बर ८ मनगाउ बस्ने चौतिस वर्षका शुसिल बहादुर पुन मगरले सोही गाडिको अगाडिको बोनटमा भागमा राखिएको भारतीय पत्रिकाले बेरिएको अवस्थामा स्रोत नखुलेको तेह्र लाख आठसय नेपाली नोट बरामद गरि मानिस सहित नियन्त्रणमा लिएको थियो ।

त्यस्तै रकम तथा मानिसलाई नियन्त्रणमा लिई थप अनुसंधानका लागि भन्सार कार्यालय कृष्णनगर पठाएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए । केही समय अगाडि चरेस सहित मानिस समात्न सफल रहेको ईप्रका कृष्णनगरले शान्ति सुरक्षा कायम राख्दै चोरी तस्करी नियन्त्रणमा समेत राम्रो योगदान दिएको स्थानीय बताउछन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]