Sidha Patra मंगलबार, कार्तिक ०१, २०७९

वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– १३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज– १२ मुर्ली बस्ने १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अबय मण्डल, वीरगञ्ज ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसिया, वीरगञ्ज १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पोखरिया नगरपालिका–६ सिर्सिया बस्ने २५ वर्षीय खरबुद आलमलाई पक्राउ गरेको हो ।

उनीहरुको साथमा ५ वटा चोरीको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । वीरगञ्ज–२५ ड्राईपोर्टबाट पक्राउ परेका कुशवाहा र मण्डलद्वय प्र.२–०३–००३ प ७५०९, ना.३७ प २०२४ नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज–२५ रामगढवाबाट पक्राउ परेका चौरसियालाई ना १८ प ४२१९ नम्बर, वीरगञ्ज १५ बाट पक्राउ गरिएका रिकी मण्डललाई ना ४२ प ९८२९ र सखुवाप्रसौनी गाउँपालिका– २ गुलवरियाबाट पक्राउ परेका आलमलाई ना १० प ५०५१ नम्बरको मोटरसाइकल चोरीको आरोप लागेको छ ।

त्यस्तै उनीहरु ६ जनालाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]