मेगमन बुढा शुक्रबार, कार्तिक ०४, २०७९

दाङ । अविरल वर्षातका कारण बाढी,पहिरो तथा डुबान र कटानबाट विस्थापित भएर खान,बस्न समस्या भएका वडा नम्बर ७ का ४२ घरपरिवारका पीडितहरुलाई राजपुर गाउँपालिमाले बिहीबार राहत वितरण गरेको छ ।

राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकी, गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको प्रमुख रोहवरमा उक्त बाढी पीडित घरपरिवारलाई राहत वितरण गरिएको हो ।

त्यस्तै तत्काल राजपुर गाउँपालिकाले बाढी,पहिरो र कटानबाट भत्केर पूर्णरुपमा क्षति भएका घरपरिवार हरुलाई रकम सहयोग गर्ने र सम्बन्धित निकायहरुमा पनि पहल गर्ने राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवले जानकारी दिनु भयो।

यसैगरी वर्षातका कारण राजपुर गाउँपालिका क्षेत्र भित्रमा बाढी,पहिरो र कटानबाट पूर्णरुपमा क्षति भएका पीडित घरपरिवारहरुलाई राहत वितरण गर्ने क्रममा राजपुर गाउँपालिकाको एकद्वार प्रा‍णीको निति नियमको अधीनमा रहेर राहत वितरण कार्यमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,सिपी नेपाल संस्थालाई राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको छ ।

त्यस्तै हालसम्म राजपुर गाउँपालिका क्षेत्र भित्रको वडा नम्बर १ देखि ७ नम्बर वडाका ६ सय २८ घरपरिवारलाई राहत वितरण गरिसकेको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]