Sidha Patra शनिबार, कार्तिक ०५, २०७९

गुल्मी । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो ।

कात्तिक १ गते श्रीमानको कुटपिटबाट घाइते तालकुमारीको स्थानीय लुम्विनी वामी हस्पिटल वामीटक्सार गुल्मीमा उपचार भइरहेको थियो । उनको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमतीले मदिरा सेवन गरेर घरायसी झगडाको क्रममा कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएको सूचना प्राप्त हुनसाथ प्रहरी अधिकृत समेतको टोली खटिगइ घटनामा संलग्न सूर्य कुमालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको (डिएसपी)माधवराज खरेलले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]