दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोलमा हिजो बिहान करिब २ बजेको समयमा गोपाल पुडासैनीको घरमा चोरी भएको छ । घरमा कोहि नभएको मौका छोपेर चोरी भएको पिडित पुडासैनीले जानकारी दिए ।
छोराहरूले खुत्रुकेमा जम्मा गरेको झण्डै पचास हजार र श्रीमतीले बचत गरि राखेको सहत्तरी हजार नगद र कानमा लगाउने टप चोरी भएको पुडासैनीको भनाई छ ।
चाडवाड नजिकिंदै गर्दा लमही क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् । चोरीका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै हरेक टोल,गल्लीतिर निगरानी राखिदिन अनुरोध समेत गरेका छन् ।