तुलबहादुर कवँर मगर सोमबार, कार्तिक ०७, २०७९

दाङ । दाङ राप्ती गाउँपालिका वडा ९ देवीकोटमा रहेको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षीदेवी मन्दिरको संरचना पहिराेकाे उच्च जाेखिममा रहेको छ।गत महिना परेको अविरल वर्षतका कारण मन्दिरको प्रङ्गण नजिकैबाट पहिरो जादा जाेखिममा परेकाे हाे। पहिराले मन्दिर संरक्षणका लागि निर्माण गरिएकाे पूर्व तर्फकाे केही मिटर पर्खाल समेत बगाएको छ।किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ ।यसैबिच साे मन्दिरको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगायको टिमले स्थलगत अवलोकन गर्नु भएकाे छ। अवलोकन पश्चात् अध्यक्ष विष्टले पहिरो राेकथाम र मन्दिर संरक्षणका लागि पालिकाले सहयाेग गर्ने बताउनु भएको छ।त्यस्तै उहाँले धार्मिक आस्थासंगै यहाँबाट सजिलै उत्तरतर्फका शृंखलाका,महाभारत शृंखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भू–भाग तथा भारतकाे सिमाना समेत अवलोकन गर्न सकिने भएकाले समग्र रुपमा यस क्षेत्रकाे विकास गरी प्रचारप्रसार गर्न सके पर्यटककाे आक्रर्षणकाे केन्द्र बनाउन सकिने बताउनु भयाे।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]