Sidha Patra मंगलबार, कार्तिक १५, २०७९

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोलामा भलिबल प्रतियोगिता तथा खुल्ला साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कँवरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकको प्रमुख आतिथ्यता एवं वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले राजपुर गाउँपालिका क्षेत्र भित्रमा लाग्ने मेलालाई आगामी दिनमा व्यवस्थित रुपमा संचालन गर्ने बताउनु भएको छ ।भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम उद्घाटन गर्ने राजपुरको रसरी खोलामा पुग्नु भएका अध्यक्ष बुढाथोकीले सो कुरा बताउनु भएको हो ।

त्यस्तै विशेष अतिथि चौधरीले आफू जनप्रतिनिधि नभएको समयमा पनि प्रत्येक गाउँ-बस्तीसंग आफू जानकार रहेकोले अब आफ्नो वडा भित्रमा विकास निर्माणका कार्यहरु क्रमशः गर्ने बताउनु भयो ।रामेश्वरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोकमान बितालुको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा समाजसेवी टेक बहादुर सुनार, भलिबल खेलाडी गुलछन सुनार लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

कार्यक्रममा खुल्ला सरस्वती बाल क्लबकाको मिठो प्रस्तुतिबाट स्वागत गरिएको थियो भने भलिबल प्रतियोगितामा आयोजक टिम पहिलो,दोस्रोमा राजपुर-६ कल्याणपुर,तेस्रोमा राजपुर-१ माररी खोला बिजय भएको छ ।

कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य भिम कुमारी सुनारले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]