कपिलवस्तु । विजयनगर गाउँपालिका र भारतको बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन् ।
विजयनगर गाउँपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा,पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
त्यस्तै जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर,गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काठ भित्रिदै आएकाे स्थानीयले जानकारी दिएका छन् ।