Sidha Patra सोमबार, कार्तिक २१, २०७९

दाङ । घोराही उपमहानगरपालिकाकाे न्यायिक समितिले चालू आर्थिक वर्षकाे पहिलाे त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेकाे छ ।

न्यायीक समिति संयाेजक एवम् उपप्रमुख हुमा डिसीकाे अध्यक्षता तथा नगरप्रमुख नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरि न्यायीक समितिले सम्पादन गरेकाे काम आज सार्वजनिक गरिएको हाे ।

साे अवसरमा संयाेजक डिसीले पहिलाे त्रैमासमा रहेका कुल ६१ विवाद मध्ये २२ विवादको मिलापत्र अन्तिम टुङ्गो लगाइएको छ भने ३९ वटा विवाद प्रकृयामा रहेकाे जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८-०७९ बाट जिम्मेवारी सरी आएका २१ विवाद मध्ये १२ विवादको मिलापत्र अन्तिम टुङ्गो लागेको तथा ९ वटा विवाद प्रकृयामा रहेकाे उहाँले बताउनुभयो ।

यस्तै,चालू आर्थिक वर्ष २०७९-०८० मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तर्गत पालनपोषण तथा हेरचाह नगरेको, ज्याला मजदुरी नदिएको समेत १५, दफा २ अन्तर्गत जग्गा विवाद, वातावरण प्रदुषण, गाली वेइजती समेत जम्मा ७ र अन्य मध्ये अधिकांश लेनदेन समेत १८ गरी जम्मा ४० विवाद दर्ता भएकोमा १० वटा विवादको मिलापत्र भई अन्तिम टुङ्गो लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार, दर्ता भएका विवादमध्ये अब ३० वटा विवाद प्रकृयामा रहेकाे जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा २१७ को उपधारा १ अनुरुप गठित भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ को उपधारा १ र २ को अधिकार क्षेत्रभित्र रही न्यायिक समितिले विभिन्न प्रकृतिका विवाद दर्ता तथा फछ्यौट गर्दै आएकाे छ । कार्यक्रममा संयाेजक डिसीले न्यायीक समितिमा आएका विवादलाई सकेसम्म अत्यधिक विवाद मिलापत्रकै विधिबाट निरुपण गर्ने र मिलापत्र हुन नसकेका तथा अधिकार क्षेत्रभित्र नपर्ने विवादलाई राय सल्लाह सहित माथिल्लो न्यायिक निकायमा जान सहजीकरण गर्ने काम हुदै आएकाे बताउनुभयो ।

साे अवसरमा,नगरप्रमुख चाैधरीले सामाजिक न्यायसहितकाे पालिका बनाउन न्यायीक समितिले खेल्दै आएकाे भुमिकाले सामाजिक सन्तुलन कायम भईरहेकाे बताउनुभयो । न्यायिक समितिले स-साना विवादलाई स्थानीय तहमै जनप्रतिनिधिको रोहवरमा मिलेसम्म मिलापत्रकै विधिबाट विवाद किनारा लगाउने कार्यलाई प्राथमिकतामा राखेकाे हुँदा नागरिककाे विश्वास पनि बढेकाे बताउनुभयो । न्यायीक समितिका अनुसार पछिल्लो समय मिटर व्याजका मुद्दा बढी रहेकाे छ भने जग्गा विवादका मुद्दा पनि बढ्दाे क्रममा रहेकाे छ ।

त्यस्तै न्यायीक समिति सदस्य मानबहादुर जिसीकाे स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनकाे सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतला देवकोटाले गर्नुभएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]