Sidha Patra बुधबार, कार्तिक २३, २०७९

प्युठान । प्युठानमा फोर्स जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर ५ पातलकटेरीका ४६ वर्षीय खुमन थापा, निजकी श्रीमती ४६ वर्षिया बच्ची थापा(जुनकी) सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनकारी दिएका छन् । प्युठानको बिजुवारबाट पुर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप प्युठान नगरपालिका-५ पुर्णागाउँ नजिक कुडापानीको घुम्टीमा मध्यरातमा अनियंत्रित भई दुर्घटना भएको हो ।

त्यस्तै प्रहरी निरीक्षक थापाका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका -५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षिय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । घाइते मध्य ६ जनाको बिजुवार अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ । जिप अनियंत्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको छ ।

चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद के.एम सामान्य घाइते रहेका छन् । रातको समय भएकाले उद्घार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटना स्थलमा नेपाल प्रहरी स्थानीय बासी जनप्रतिनिधिले घाईतेको उद्घार गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]