मेगमन बुढा बुधबार, फाल्गुण ०३, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकामा लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा नि:शुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको सहकार्य एवं समन्वयमा संचालन भएको उक्त नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा स्त्रीरोग,टिभी-छाला रोग,एचआईभी,दन्त लगायतको सेवाद्वारा १ सय ८१ जना सेवा ग्राहीलाई सेवा दिइएको राजपुर स्वास्थ्य चौकीका इन्चार्ज खिम बहादुर रावतले जानकारी दिनु भयो । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले लुम्बिनी प्रदेश दिवसको अवसरमा संचालन भएको नि:शुल्क स्वास्थ्य शिविरलाई विशेषगरि नाका बासीका समस्यालाई मध्यनजर गरेर सेवा प्रदान गरिएको बताउनु भयो ।त्यस्तै अध्यक्ष बुढाथोकीले आगामी दिनमा राजपुर गाउँपालिकाद्वारा अन्य विभिन्न संघ-संस्थासंग समन्वय एवं सहकार्य गरेर क्रमशः नाका क्षेत्रका प्रमुख गाउँहरुमा यसैगरी नि:शुल्क स्वास्थ्य शिविर संचालन गरि नाका बासीलाई सेवा प्रदान गर्ने बताउनु भएको छ ।

उक्त शिविर कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे,वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक ओमप्रकाश यादव लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य प्रमुख टिम,नेपाल परिवार नियोजन संघ,राप्ती प्रदेशिक अस्पताल तुलसीपुर लगायत राजपुरका दर्जनौं स्वास्थ्य कर्मीको उपस्थिति मा सम्पन्न भएको सो नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको संचालन राजपुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल बहादुर रोकायले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]