Sidha Patra मंगलबार, फाल्गुण ३०, २०७९

दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत र अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष राधाकृष्ण सुवेदीले निर्वाचन प्रक्रिया तत्काल स्थगन गरी आवश्यक छानविनसहित वास्तविक मतदाता नामावली प्रकाशन गर्न माग गरे ।

त्यस्तै उनीरूले माग बेवास्ता गरी अघि बढे आन्दोलन चर्काउने र त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी निर्वाचन समिति र क्याम्पस प्रशासन हुने समेत बताएका छन् ।

यसैबीच घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (एस) बीच चुनावी तालमेल हुने भएको छ। दुई संगठनका जिल्ला नेतृत्वबीच महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेर जाने सहमति भएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिए।

नेविसंघका अध्यक्ष पोख्रेल र अनेरास्ववियू (एस)का कार्यवाहक अध्यक्ष खिमा घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै दुुई संगठनको चुनावी तालमेल भएको र दुई संगठनको गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन्। यो क्याम्पसमा गठबन्धनका तर्फबाट नेविसंघका मनोज डिसी स्ववियु सभापतिको उम्मेदवार छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]