दाङ । बुढ्यौली छ उमेर । नयाँ ठाउँ हेर्ने रहर मनमा अनेक छन । उमेर बूढो भएपनि अबलोकन गर्ने ईच्छा मनमा जिवित नै छन । गरिब जिन्दगी । सबैसँग भ्रमणमा जानसक्ने हैसियत कहाँ हुन्छ र!
सरकारले दिने बृद्वभत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै आबस्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो । मनमा रहर भएपनि दवाएर बस्नुपर्ने जेष्ठ नागरिकको पीडा कम्ती छैन !
तिनै जेष्ठ आमा बुवालाई लिएर दाङको गढवा गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधी हरु तिर्थ यात्रामा निस्किएका छन् । प्युठान स्थित स्वर्गद्वारी आश्रमको अबलोकनका निम्ति वडाका ४५ जना आमाबुवा सहित अबलोकनमा निस्किएको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखराज थापाले बताए ।उनले भने स्वर्गद्वारी नाम सुनेका तर कहिल्यै नगएका आमा-बुवाको लागि अबस्य नयाँ ठाउँ हो,नयाँ ठाउँको भ्रमण गराउनु आफ्नो दायित्व सम्झेको छु । ‘धार्मिक क्षेत्रको दर्शन हुनुका साथै आमा-बुवाको घुम्ने रहर पूरा गर्ने कोसिस गरेका हौँ अध्यक्ष थापाले भने-आमा-बुवा भएर नै हामी छौँ,उहाँहरुको आबस्यक्ता पुर्ती गर्नु हाम्रो दायित्व हो ।’उनले जेष्ठ आमा-बुवाका निम्ती प्रत्यक वर्ष फरक कार्यक्रम लिएर आउने बताए ।त्यस्तै वडा कार्यलयले स्वर्गद्वारी दर्शनका लागि आफुहरुलाई लिएर आएकोमा जेष्ठ नागरिकहरु हर्षित छन् । धार्मिक क्षेत्र घुम्न र दर्शन गर्न रुचाउने आमा-बुवाका लागि यो कार्यक्रम अबसर बनेको छ । बुढेसकालमा पनि नयाँ ठाउँ घुम्न र देख्न पाउँदा छुट्टै उमँग छाएको जेष्ठ नागरिक ८० वर्षीय ईन्द्रलाल जैशिले बताए । उनिले आफुहरुका रहरहरु पुर्तीका लागि यस्तो कार्यक्रम लिएर आउने वडाध्यक्षलाई धन्यबाद ज्ञापन गरे ।