Sidha Patra बिहिबार, जेठ ०४, २०८०

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा नयाँ योजनाको डिपिआरका लागि ४ पक्षीय बीच बुधबार छलफल बैठक सम्पन्न भएको छ ।लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता तथा लमही नगरपालीकाका नगर प्रमुख मेयर जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

लमही खानेपानीले यस अघि दाेस्राे साना सहरी खानेपानीकाे उपलब्ध संरचनाबाट खानेपानी बितरण र बिस्तारमा समस्या उत्पन्न हुदै गएकाे र उक्त समस्यालाइ मध्यनजर गर्दै लमहीमा दिर्घकालिन रूपमा खानेपानीकाे समस्यालाई समाधान गर्नकाे लागि नयाँ आयाेजनाकाे मागका लागि आबश्यक पर्ने प्रपोजल तयार पारी सम्बन्धित निकायमा पठाएकाे थियो।

बैठकद्वारा भएका निर्णयहरु: 

१ नम्बरमा आयाेजना सम्पन्न गर्नका लागि सरकार र संस्थाले contribute गर्ने रकम सरकार ले ७० % र संस्थाले ३०% गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ । जसमा ३०% काे संस्थाले १०% नगद र २०% श्रमदान हुनेछ भने नगद १०% मध्य ५% रकम शिलबन्दी टेन्डर हाल्नु पुर्ब बैंक दाखिला गर्नु पर्नेछ । २ आयाेजनामा बन्ने सम्पुर्ण संरचनाहरु जस्तै ओभर हेड टंकी,डिप टियुबेल बाेरीङ भल्भ चेम्बर लगायत संरचना निर्माणका लागि आबश्यक पर्ने सम्पूर्ण जग्गा संस्थाले उपलब्ध गराउने निर्णय भएको छ ।यस्तै ३.नया आयाेजनाकाे शेवा क्षेत्र तपशील बमाेजिम निर्धारण गरियाे: वडा नम्बर ३ नारायणपुर, बन गाउँ,वडा नम्बर ४ अर्नहवा, बेलनडाडा, चैलाही,वडा नम्बर ५ सुनखाेली,आदर्श टाेल,काेलही,बसन्त नगर,प्रगति टाेल,प्रिन्स बोर्डिङ क्षेत्र,गाेरक्ष टाेल लमही गल्ली, वडा नम्बर ६ देउपुर, खैरी,मध्यनगर, ढिकपुर, कसियापुर, लङ्गडि, छुट्कि महरहवा,बड्का महरहवा, कुलमाेहर,आर्मि क्याम्प, वडा नम्बर ७- अर्जुन खाेला पुल्चोक शसस्त्र बेस क्यापमा उपलब्ध गराउने भनि निर्णय भएको छ ।

यसैगरी ४ मा केन्द्रीय खानेपानी आयाेजना मजगाउँकाे निर्माणाधिन आयाेजनाले तत्कालीन रुपमा समेट्न नसकेकाे क्षेत्र लमही नगरपालिका वडा नम्बर ३ जखेरा ताल र वडा नम्बर २ श्रीगाउँ क्षेत्रमा पर्ने करिब २०० घर धुरीलाई आबश्ययक पर्ने १५ कि.मि शाखा पाईप लाईन अहिलेकाे डिपि आरमा समाबेस गर्ने र साेकाे लागि आबश्यक पर्ने पानी मजगाउँमा निर्माणाधीन टंकीबाट वितरण गरिने गरी ब्यबस्था गर्ने निर्णय गरिएको छ ।

त्यस्तै ५ मा लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे प्रशासनिक भवन नभएकाे हुँदा भवन निर्माणका लागि आबश्यक पर्ने जग्गा संस्थाले उपलब्ध गराउने र साे काे नाप नक्सा स्टिमेट परामर्श दाताले तयार पार्ने गरि डिपिआरमा समाबेश गर्ने निर्णय गरिएको छ । यस्तै ६ मा डिपिआर गर्नु पर्ने स्थानमा खटिने परामर्शदाताकाे टिमलाई संस्थाकाे तर्फबाट र सम्बन्धित क्षेत्रकाे उपभोक्ताले आबश्यक सहयाेग गर्ने निर्णय गरिएको छ ।उक्त बैठकका प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख मेयर जाेगराज चेाेधरीले कुनै पनि आयाेजना सम्पन्न गर्दा दिर्घकालीन रुपमा फाईदा तथा महत्त्वपूर्ण अर्थ राख्ने गरी बनाउनु पर्ने र यसका लागि स्थानीय सरसकारले आबश्यक साथ सहयाेग गर्ने कुरा ब्यक्त गर्नु भयो । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष मनोज चौधरीले आफ्नो वडाको जखेरा बासीलाई पानी खुवाउन पाउदा अत्यन्तै खुशी भएको बताउनु भयो ।

बैठकमा लमही नगरपालिका वडा नम्बर २ का वडा सदस्य काशीराम चाैधरी,३ नम्बर वडा अध्यक्ष मनाेज चाैधरी,५ नम्बर वडा सदस्य हरीराम चाैधरी,६ नम्बर वडा अध्यक्ष श्याम नारायण चाैधरी र वडा सदस्य कृष्ण खत्री,संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयाेजनाका प्राविधिक टंक अबस्थी, सहलगानीका सिनियर वाटर सप्लाइ एण्ड sanitation expert शसृजन अर्याल,चेयरपर्सन paragon इन्जिनियरिङ consultancy & research सेन्टरका इन्जिनियर नारायण हरी रिजाल, सिभिल इन्जिनियर दिक्षा खड्का, sociologist सितल रिजालहरु बिचमा ४ पक्षिय छलफल तथा निर्णय गरेको छ ।त्यस्तै बैठकमा बरिस्ठ पत्रकार के.पी घिमिरे,लिला शाह,पत्रकार मेगमन बुढाकाे उपस्थिति रहेकोे थियाे भने बैठककाे सञ्चालन संस्थाका सचिव बसन्त आचार्यले गर्नु भएकाे थियाे । त्यस्तै प्रपोजलका आधारमा आयाेजनाकाे लागि महत्त्वपूर्ण मानिने डिपिआरकाे टाेलिले बुधबारदेखि नै फिल्डमा खटेर काम शुरु गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]