Sidha Patra मंगलबार, साउन ०९, २०८०

दाङ। आज बिहानदेखि लगातार परेको अविरल वर्षातका कारण देउखुरी क्षेत्रमा एक दर्जन बढी सर्वसाधारणका घर-गोठहरु डुबानमा परेका छन्।

राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका साथै लमही नगरपालिकामा केही घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका – ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिनु भयो ।

त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया पुष्पा नेपालीको एक तले फुसले छाएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको छ । तर कुनै मानवीय क्षति नभएको र नेपाली छिमेकीको घरमा आश्रय लिइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो ।यस्तै अविरल वर्षापछि ठाउँ-ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । बाढी आई ठाउँ-ठाउँमा हिलो माटो खसेको हुँदा सडकखण्डहरु अवरुद्ध भएको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो । त्यस्तै ईलाका प्रहरी कार्यालय गढवा अन्तरगत पर्ने दुई गाउँपालिकामा अहिले नेपाल प्रहरी स्थलगत उद्धार कार्यमा खटिएको निरीक्षक वलीले जानकारी दिनु भयो ।

त्यस्तै यता लमही नगरपालिका वडा नम्बर १ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार जना स्थानीयको घर डुबानमा परेको छ। सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उनको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थानन्तरण गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । यस्तै कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उनीहरु छतमा बसेको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस्तै स्थानीय ४० वर्षीय सुशिल कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसे पनि उनीहरुको परिवार डुबान हुन थालेपछि निस्किएर सुरक्षित ठाउँमा पुगेको प्रहरी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो । डुबानमा परेका व्यक्तिहरुको उद्धारको लागि त्यहाँ दश जनाको प्रहरी टोली खटिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]